एमबीएल इक्विटी फण्ड किन्ने समय थप

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाईमा आवेदन दिने समय थप भएको छ । फण्डको इकाई खरिदका लागि अब चैत ७ गतेसम्म आवेदन दिन सकिने  छ। यद्यपि, मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा चैत ७ गतेभन्दा अघि नै निष्काशन तथा बिक्री बन्द हुने […]

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ  ।  कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र […]

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रिमा न्युनतम मूल्य पाँच सय

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १,००,००० कित्ता संस्थापक शेयर प्रतिकित्ता न्युनतम ५००का दरले बिक्रिमा रहेको छ । संस्थापक शेयर कसैले बिक्रि गर्न चाहेमा पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी व्यस्थाका कारण कम्पनीले संस्थापक शेयर धनीलाई शेयर खरिदको लागि अनुरो गरेकोमा तिकिएको मितिमा कोहीपनि बिध्यमान संस्थापक शेयर दनीले सो शेयर खरिद […]

आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको ९.७४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको ९.७४ प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीको फागुन २५ गते सम्पन्न २७औँ बार्षिक साधारण उक्त नगद लाभांश पारित गरेको हो । कम्पनीका अध्यक्ष हेमराज ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जानकारी दिए । यो गत आव भन्दा २.८ प्रतिशतको वृद्धि […]

शेयर बजारको सम्पूर्ण सूचक ओरालो लाग्यो, १० अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजारको सम्पूर्ण सूचक ओरालो लागेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ७.३१ अंकले घटेर ४६३.२९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.१४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने […]

एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको १०७ औं बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट आफना शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो सँगै गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्नका लागि स्विकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत सार्वजनिक गरेको छ […]

चिरख्वा हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । चिरख्वा हाइड्रोपवार कम्पनीले छैँटौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी चैत २० गते बुधबार बिहान ९ बजे काठमाडौं जोरपाटीस्थित कुण्डलिनी रोयल्समा वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाप्रयोजर्नाथ चैत १२ गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरिनेछ । यो सँगै चैत ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई […]

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्स्योरेन्सले नगद लाभांशको घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको करिब १६ प्रतिशतका दरले लाभांश घोषणा गरेको हो । कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुने २४ करोड ६६ लाख ३६ हजार २९० रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र ०.७९ […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। कम्पनीले चैत्र ८ गते साधारणसभा बोलाएको छ । […]

स्थिर नेप्से परिसुचक, कारोबार रकम बढ्दो

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब स्थिर देखिएको छ । यो साता नेप्से ०.१२ प्रतिशत अर्थात ३.३९ अंक बढेको छ । गत साता २८१५.०४ विन्दुमा बन्द भएको नेप्से परिसुचक यस साता २८१८.४३ विन्दुमा पुगेको छ । यस साता पाँचै दिन शेयर बजारमा कारोबार भएको छ । एक दिन बजार बढ्दा बाँकी चार […]