९ महिनामा १५ खर्ब ५६ अर्बको शेयर कारोबार, सबैभन्दा बढी वित्त समूहको कारोबार ५५६ प्रतिशतले वृद्धि
काठमाडौं ।पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार चालु आर्थिक वर्षको नौ महिना अर्थात् साउन देखि चैतसम्म शेयर बजारमा १५ खर्ब ५६ अर्ब ३७ करोडको शेयर खरिद बिक्री भएको छ । ३ अर्ब ४६ करोड ७ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम उक्त मात्रमा पुगेको हो । […]

