एनआई ३१ म्युचुअल फन्डलाई २ करोड ५० लाख इकाई बिक्रीको अनुमति

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘एनआई ३१’ योजनाको २ करोड ५० लाख इकाई बिक्री गर्न अनुमति पाएको छ । प्रतिइकाई १० रुपैयाँको दरले म्युचुअल फन्डको इकाई बिक्री हुनेछ । नेपाल धितोपत्र बोर्डले साउन ८ गते इकाई बिक्रीका लागि अनुमति दिएको हो ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, प्रोफिट बुक गर्ने बढ्दा सूचकमा दबाब, साढे २६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन अर्थात, आइतबार नेप्से सूचक १८.४४ अंकले घटेको छ । बजार दोहोरो अंकले घटेर २९६४.२० विन्दुमा झरेको हो । आज २६ अर्ब ५७ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । यो कारोबार रकम गएको भदौ २ गते यताकै उच्च हो । आज नाफा बुक गर्नेहरुको संख्यामा वृद्धि आउँदा बजार घटेको […]

बुङ्गल हाइड्रो आइपीओ : वैदेशिक रोजगारीमा रहेकालाई आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ। यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भने आवेदन दिने अवधि साउन २६ गतेसम्म लम्बिएको छ। कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ […]

नेपाल आइस र मुस्ताङ जस्ता बियर उत्पादक सीजी ब्रुअरीले ९ महिनामा गर्यो २ अर्ब २१ करोडको आम्दानी

काठमाडौं । सीजी ब्रुअरी नेपाल लिमिटेडले गत वर्षको ९ महिनामा २ अर्ब २१ करोड १० लाख रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा २ अर्ब ६७ करोड ७० लाख, सन् २०२३ मा ३ अर्ब ५ करोड, सन् २०२२ मा ४ अर्ब ५४ करोड र सन् २०२१ मा ३ अर्ब ९१ करोड […]

इन्फिनिटी लघुवित्तको नाफा १०४ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी डबल डिजिटमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १०४.७१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ४ करोड ५७ लाख नाफा […]

फेदीखोला​​​​​​​ हाईड्रोपावर आईपीओ निष्कासनको तयारीमा

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि साउन ३० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बुद्धनगरस्थित डीडीआई ब्यांकेटमा दिउँसो २ बजे शुरु हुनेछ । सभाले […]

पिपुल्स पावरको ३९ लाखभन्दा बढी कित्ता शेयरको लकइन सकिँदै

काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन आगामी भदौ १२ गते सकिने भएको छ । कम्पनीको संस्थापकतर्फको ३२ लाख २६ हजार कित्ता, कर्मचारीतर्फको ४९ हजार ३४८ कित्ता र स्थानीयतर्फको ६ लाख ३२ हजार ९४८ कित्ता शेयरको लकइन आगामी भदौ १२ गते सकिने भएको हो । कम्पनीले सर्वसाधारणमा २०७९ साउन […]

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले  हकप्रदमा आवेदन दिन सकिने मिति यसअघि साउन ४ गतेसम्म तोकेकोमा पर्याप्त आवेदन नपरेपछि साउन ११ गतेसम्मका लागि म्याद थप गरेको थियो । कम्पनीले गत असार १६ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो […]

बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन दुवै बढ्यो, यसले के संकेत गर्छ ?

काठमाडौं । १ वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशत बढेको छ । २०८१ असार ३१ गते बैंकहरुले कुल ५७ खर्ब ५४ अर्ब रुपैयाँ भन्दाधेरैको निक्षेप संकलन गरेका थिए । २०८२ असार ३१ सम्म आइपुग्दा निक्षेप संकलन ६५ खर्ब ३० अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । निक्षेप संकलन ७ खर्ब ७६ अर्बले बढेको हो । […]

रिभर फल्स पावरले पायो हकप्रद बिक्रीको अनुमति

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताको दरले ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।