काठमाडौं । नेपाली सेनाले रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावित भएका ८८ जनाको हवाई उद्धार गरेको छ।
बाढीका कारण विभिन्न स्थानमा फसेका तथा घाइते भएका नागरिकलाई सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको हो। सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा बिहानैदेखि हवाई उद्धार तथा राहतका काम भइरहेको छ।
सेनाले नुवाकोटको बट्टारमा आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको जनाएको छ। बाढीका कारण प्रभावित भएका नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन उपचार सेवा सञ्चालन गरिएको हो।
त्यस्तै, सेनाले काठमाडौंँबाट बाढी प्रभावित क्षेत्रका लागि खाद्यान्न तथा कपडासहितका राहत सामग्रीसमेत ढुवानी गरिरहेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत वितरणलाई तीव्र बनाइएको नेपाली सेनाले जनाएको छ।
यसअघिका समाचारका लागि तलको लिंक किल्क गर्नुहोस्
भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक : उद्धारमा जुट्न निर्देशन
त्रिशुली नदी फुर्के ,मलेखुमा पानीको सतह बढ्दै सुरक्षित रहन स्थानीयलाई आग्रह
बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन
नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो
प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक
३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन
भोटेकोशी बाढीपीडितको उद्धार तीव्र, १२ जनाको हेलिकोप्टरबाट उद्धार,फोटो सहित
मन्त्रिपरिषद्को आपत्कालीन बैठक सम्पन्न, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने
मन्त्रिपरिषद्को आपत्कालीन बैठकका १० निर्णय ,उद्धारका लागि हेलिकोप्टरसहित सबै साधान परिचालन गरिने
राष्ट्रपतिको अपिल : सबैले उद्धार र राहतको कामलाई तिव्रता दिनु
२९१ विदेशीसहित ३८४ पर्यटक बेपत्ता, नेपाल पर्यटन बोर्डद्वारा आपतकालीन सूचना जारी
रसुवा बाढीका लागि आपतकालीन उद्धार नम्बर सार्वजनिक, सम्पर्क गर्न प्रशासनको अनुरोध
रसुवा बाढीमा मृतकको संख्या १४ पुग्यो
भोटेकोसी बाढीमा ९ जनाको शव फेला, सनाखत हुन बाँकी : परराष्ट्रमन्त्री खनाल



