RE
Global College

जीवन बीमा कम्पनीको व्यवसाय साढे ४० अर्बले नाघ्यो , १५ प्रतिशतले व्यवसाय बढ्दा कुन कम्पनीको कति पुग्यो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिना (साउन देखि भदौमसान्त) मा जीवन बीमा कम्पनीहरूले ४० अर्ब ५४ करोड बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८३/८४ को भदौसम्म ४० अर्ब ५४ करोड १४ लाख बीमा शुल्क संकलन गरेको छ । जुन आर्थिक वर्ष २०८२/८३ को तुलनामा १५ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२८३ मा ३५ अर्ब २४ करोड ९७ लाख बीमा शुल्क संकलन गरेका थिए ।

प्राधिकरणको तथ्यांक अनुसार चालु आवको भदौसम्म सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) लगायतका कम्पनीले बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफले १० अर्ब ५८ करोड ८ लाख, नेशनलले ४ अर्ब ८५ करोड ८६ लाख, राष्ट्रिय जीवन बीमाले ४ अर्ब ४१ करोड ४६ लाख र एलआइसीले ३ अर्ब ६७ करोड ८५ लाख बराबर बीमा शुल्क संकलन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा नेपाल लाइफले ९ अर्ब ६८ करोड ३२ लाख, नेशनल लाइफले ३ अर्ब ९८ करोड २७ लाख, राष्ट्रिय जीवन बीमाले ४ अर्ब ८ करोड ३ लाख र एलआइसीले ३ अर्ब ३९ करोड ४२ लाख बीमा शुल्क संकलन गरेको थियो ।

यसैगरी हिमालयन लाइफले ३ अर्ब ५९ करोड १९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ४६ करोड ६८ लाख रुपैयाँ र एसियन लाइफले १ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म एलआईसी नेपालको व्यापार ८.३७ प्रतिशत, हिमालयन लाइफको १३.२३ प्रतिशत, सूर्यज्योति लाइफको २२.४१ प्रतिशत र एसियन लाइफको २२.९१ प्रतिशतले बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म सिटिजन लाइफले १ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ४२ करोड १७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २७ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २६ करोड ६३ लाख रुपैयाँ, मेटलाइफले १ अर्ब १९ करोड ३१ लाख रुपैयाँ र सन नेपाल लाइफले ७७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

NECO

Leave Your Comment

Related News