प्रिमियर इन्टरनेसनलमा विद्यार्थी–केन्द्रित बहुआयामिक उत्सव सम्पन्न
काठमाडौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कूलले कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई जीवन्त बनाउँदै सिर्जनशीलता, नेतृत्व, खेलभावना र सामाजिक सेवामा आधारित बहुआयामिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको सुरुआत प्राथमिक तथा माध्यमिक कक्षाका विद्यार्थीहरूको कला प्रदर्शनी “एक्सप्रेसन–२०२५” बाट भएको थियो। प्रारम्भिक वर्षदेखि माध्यमिक कक्षा ४ सम्मका विद्यार्थीहरूले तयार पारेका चित्रकला, मूर्तिकला, इन्स्टलेसन र मिश्रित कलाका कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए। […]

