गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल वसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । घोडेपानीका बासिन्दा देवेन्द्र पुन (सुशील)ले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी पाहुनाको पर्खाइमा रहेको बताए । “ढकमक्क गुराँस फुलेर पाखा […]

