उद्यमी बन्ने बाटोमा जैमिनीका किसान
बलेवा (बागलुङ)। बागलुङको जैमिनी नगरपालिका–३ दमेकको नौला, कालापातल, दहलगायत क्षेत्रमा हिउँद बर्खा दुवै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही वर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलुनै स्रोत थियो । उपल्लो दमेकको उत्पादन आलु मात्रै होइन मकै, कोदो, सिस्नो र बाँको पनि हुन् । […]

