यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना (फाइन) नलाग्ने जनाएको हो ।

मध्यपूर्व युद्धः नागरिकमाथि बढ्दो मारप्रति संयुक्त राष्ट्रसङ्घ स्तब्ध

जेनेभा । मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गलबार जारी सन्देशमार्फत क्षेत्रभरि फैलिएको डर, आतङ्क र अनिश्चितताले लाखौँ मानिसको जीवन असुरक्षित बनाएको बताएको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँकी प्रवक्ता रविना शामदासानीले उच्चायुक्त टर्क ‘गहिरो […]

रास्वपालाई झट्का, धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेज

काठमाडौं । निर्वाचन आयोगले रास्वपाको तर्फबाट धनुषा–१ मा उम्मेदवार रहेको किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको स्पष्ट पारे । उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी आयोगबाट खारेज भएको हो । रास्वपाले भने साहलाई आम नागरिकको हितलाई प्राथमिकतामा दिने, पारदर्शी […]

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला ।  राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको छ । बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको उक्त सडक यस वर्ष नाग्मदेखि हिमा गाउँपालिकाको देवारगाउँसम्मको करिब १५ किलोमिटर कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यही फागुन १७ गते सार्वजनिक सूचनामार्फत ठेक्का आह्वान गरिएको […]

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

जेरुसेलम। इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ । इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दाहरूलाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाँउमा जान आग्रह गर्दै आदेश वारी गरेको सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले बताएको छ । निकासी आदेश जारी हुने अधिकाशं स्थान लेबनानका दक्षिणी भेगका रहेको […]

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पु-याइयो

मान्म। कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पु¥याइएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा मतदान सामग्री पु¥याइएको सहायक निर्वाचन अधिकृत सुनिलकुमार खाँणले जानकारी दिए । जिल्लामा १२७ स्थायी र एक अस्थायी मतदान केन्द्र गरेर १२८ केन्द्र रहेका छन् । “जिल्लाका दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता […]

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता सेयर सूचिकृत भएको छ । यस कप्मनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतीशत बोनस सेयर दिएको थियो । हिमालयन लघुवित्तको […]

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ २५ फागुनमा

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ यही २५ फागुनमा हुने भएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै २५ फागुन दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा नवनिर्वाचित सदस्यको शपथ हुने जानकारी दिए । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथ ग्रहण समारोहमा औपचारिक वा सांस्कृति पहिचान […]

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

नयाँदिल्ली। भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ । लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा वसोवास गर्दै आएको जनाइएको छ । यसै गरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ […]

इरानको द्वन्द समाधान नभएमा करिब ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन […]