‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य

सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित […]

उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषिसामग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन २६ लाख रुपैयाँ बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो । गाउँपालिकाको ७५ तथा […]

झाडी फाँडेर फलफूल बगैँचा

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गरेका छन् । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किवी र अकबरे खुर्सानी खेती गरेर हराभरा बनाएका हुन् । “बाल विज्ञान विषयको पढाइ सकेर २०७५ सालमा स्थापना गरेको फार्ममा फलफूलका बिरुवा उत्पादन […]

नेपाली चिया निर्यातमा फेरि भारतको अवरोध

काठमाडौं । नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ । यसअघि वैशाख १८ गतेदेखि अवरोध भएको चिया निर्यात झन्डै ३ हप्तापछि केहि सहज भएको थियो । त्यस बेला भारतीय चिया बोर्ड (टी–बोर्ड अफ इन्डिया) ले नेपालबाट जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो […]

आजको मौसम : पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौं ।  मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद

काठमाडौं । प्रहरीले कैलालीका विभिन्न स्थानबाट रु १७ लाख ३० हजार बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आज भजनी र लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चोरी […]

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ। नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उनीहरुबाट मार्गदर्शक सुझावहरू संकलन गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय […]

चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने पक्की पुल निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण गरिरहेको पुलको तीन स्पान मध्ये दुईको निर्माण भइसकेको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरका कार्यालय प्रमुख सुजन भण्डारीले नौ करोड ३२ लाख ४९ हजारको लागतमा निर्माणाधीन पुलको हालसम्म भौतिक प्रगति ७० प्रतिशत पुगेको […]

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा

चितवन। चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो । चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताए । उनका अनुसार असोजसम्म यहाँ कृष्णसार ल्याउने गरी काम भइरहेको छ । टिकौलीमा कृष्णसार […]