RE
Global College

म्यानचेस्टर सिटीको शतप्रतिशत नतिजा, लिभरपुलमाथि सानदार जित

काठमाडौं । रायन ग्राभेनबर्चले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको लिभरपुललाई म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ३–० ले पराजित गरेको छ। लिभरपुलको मैदान एनफिल्डमा सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीले गोल गरे। पहिलो हाफमा लिभरपुलको दबाब सामना गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो।

खेलको ६५औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए। जारी लिगमा उनको यो छैटौँ गोल हो। त्यसअघि ६२ औं मिनेटमा ग्राभेनबर्च रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

त्यसपछि ६८ औं डोकुले उत्कृष्ट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। खेलको अन्त्यतिर चेर्कीले व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरेपछि सिटीले ३–० को जित पक्का गर्‍यो। यो जितसँगै सिटीले प्रिमियर लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ। लिभरपुलले भने एन्डोनी इराओलाको प्रशिक्षणमा लिगमा पहिलो हार बेहोरेको छ।

NECO

Leave Your Comment

Related News