RE
Global College

सुपरमाई हाइड्रोपावरलाई ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न अनुमति

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने ११ औँ वार्षिक साधारण सभाको निर्णय अनुसार विद्युत नियमन आयोगबाट पूर्व-स्वीकृति प्राप्त गरेको छ। आयोगले केही संशोधन सहित कम्पनीलाई हालको चुक्ता पूँजी ६४ करोड २० लाख रुपैयाँको करिब १:०.९२५२ अनुपातमा हुन आउने ५९ करोड ४० लाख रुपैयाँ बराबरको ५९ लाख ४० हजार किता हकप्रद शेयर निष्कासन गर्न पूर्व-स्वीकृति प्रदान गरेको हो।

कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने कुल रकममध्ये ५९ करोड ४० लाख रुपैयाँ नबिल बैंकको कर्जा भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ। आयोगको अभ्यास अनुसार मर्मतसम्भारमा खर्च गर्ने प्रयोजनका लागि हकप्रद निष्कासन गर्न अनुमति नदिइएकोले कर्जा भुक्तानी गर्ने प्रयोजनार्थ मात्र उक्त शेयर निष्कासनको स्वीकृति प्रदान गरिएको हो।

आयोगले जारी गरेका शर्तहरू अनुसार हकप्रद शेयरबाट प्राप्त रकम नबिल बैंकको कर्जा भुक्तानीमा प्रयोग गरी १५ दिनभित्र पुष्टि हुने कागजात आयोगमा पेस गर्नुपर्नेछ। साथै, प्रथम चरणमा संस्थापक शेयरधनीहरूका लागि निश्चित समय तोकी शेयर निष्कासन गर्नुपर्ने तथा त्यसपछि मात्र सर्वसाधारणका लागि हकप्रद शेयर निष्कासन गर्नुपर्ने नियम पालना गर्नुपर्नेछ। यससम्बन्धी जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत रवि पौडेलमार्फत नेपाल धितोपत्र बोर्ड, नेप्से र अन्य नियामक निकायहरूलाई समेत गराइएको छ।

NECO

Leave Your Comment

Related News