काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक सीईओ)को जिम्मेवारी कवि फुयाँललाई दिइएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवार दिने निर्णय गरेको हो।
कम्पनीको गत असोज १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गतेदेखि लागु हुनेगरी उनलाई कायम मुकायम सिईओको जिम्मेवारी दिएको हो ।
सञ्चालक समिति बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको हो ।
सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छोडेर हिमालयन लाइफ इन्स्योरेको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका उनले कामु सिईओको जिम्मेवारी पाएका हुन् ।




