RE
Global College

अर्थ मन्त्रालय अन्तर्गतका ८५ उपसचिवको सरुवा, सुरुवा हुने ठूलो संख्यामा २४ जना प्रमुख कर अधिकृत

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व प्रशासनमा व्यापक फेरबदल गर्दै राजस्व समूहका ८५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गते सरुवासम्बन्धी निर्णय गरेको हो ।

मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृतहरूको सरुवा गरेको हो।

सरुवा हुनेमा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृत रहेका छन्। यसपटकको सरुवाले राजस्व प्रशासनमा नयाँ कार्यविभाजन र जिम्मेवारी निर्धारण हुने अपेक्षा गरिएको छ । विगतका वर्षहरूमा राजस्व समूहका उपसचिवहरूको सरुवा सामान्यतया भदौमै हुने गरे पनि यस वर्ष भने केही ढिलो गरी निर्णय गरिएको हो ।

हेर्नुहोस् सूची :

NECO

Leave Your Comment

Related News