काठमाडौं । सोमबार शेयर बजार बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स १.९६ अंकले बढेर ४६७.८१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.४१ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.६६ अंकले बढेको हो ।
सोमबार ३५४ वटा कम्पनीको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता शेयर खरिद बिक्री हुँदा कराोबार रकम ४ अर्ब ४६ करोड ५२ लाख पुगेको छ । जुन शुक्रबारको तुलनामा ३५ करोड बढीले कम हो । शक्रुबार ३५३ वटा कम्पनीको १ करोड २८ लाख ७६ हजार ७९६ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ८२ करोड पुगेको थियो ।
यसदिन सबै ५ वटा उपसमूह बढ्दा ८ वटा उपसमूह घटेको छ । बैंकिङ १५, विकास बैंक २९, वित्त ५, जीवन बीमा ७ र व्यापार ३३ अंकले बढेको छ । यसैगरी होटल र पर्यटन ६१, जलविद्युत १६, लगानी ०.२७, उत्पादन र प्रशोधन २०, लघुवित्त ०.७१, म्युअुचल फण्ड ०.०५, निर्जिवन बीमा १२ र अन्य समूह ८ अंकले घटेको हो ।
यसदिन १०५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार सबैभन्दा धेरै धौलागिरी लघुवित्त कम्पनीका शेयरधनीले कमाएका छन् । आज धौलागिरी लघुवित्तको सेयर १५ प्रतिशतका दरले बढेको हो । त्यसपछि क्रमशः स्नो रिभरस लिमिटेडको १४ प्रतिशत, बुगल हाइड्रोको ५ प्रतिशत र कामना सेवा विकास बैंक डिबेन्चर २०८७ को ४ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी सोमबार रिज लाइन इनर्जीको ६ प्रतिशत, टक्सा पिखु खोला हाइड्रोको ५ प्रतिशत र होटल फरेस्ट इनको ४ प्रतिशतले सेयर मूल्य घटेको छ ।




