डायनामिक टेक्नोसफ्ट नेसनल आईसिटी अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४  को (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ । नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो । वीरगंजमा स्थापना  भइ देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न प्रस्ताबित लाभांस पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ  । साधारणसभाले सञ्चालक समितिको आर्थिक बर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको  २०७९  पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९÷०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा-नोक्सान हिसाव, […]

मुलुकका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भाबना

काठमाडौं ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो अभिकर्ता उत्प्रेरणा कार्यक्रम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम गरेको छ । सो कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरु सहभागिता थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले उद्घाटन  कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी […]

बैंकको ब्याजदर निरन्तर घट्दो अवस्थामा

काठमाडौं । पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा बैंकको ब्याजदर घट्दो क्रममा रहेको हो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बैंकको आधार दर १.३४ प्रतिशत विन्दुले घटिसकेको छ भने कर्जाको भारित औषत ब्याजदर १.४६ प्रतिशत विन्दुले घटिसकेको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा विस्तार भने […]

६ वर्षपछि भोजपुर–विराटनगर उडान पुनः सुरु

टक्सार । उडान बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ। नेपाल वायुसेवा निगमको जहाजले पुनः आजदेखि भोजपुर–विराटनगर उडान थालेको हो। बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन्। भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिएका थिए। […]

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई काठमाडौं महानगरको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ। आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन। ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ। कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार लामो […]

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट […]

बागलुङमा वार्षिक १८ करोडको सुन्तला उत्पादन

ढोरपाटन । बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ। हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ। कम जनशक्तिमा बढी फाइदा लिन सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति […]

सरकारले विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं ।  सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न […]