नेप्से १० अंकभन्दा बढीले घट्यो, कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १० अंकभन्दा बढीले घटेको छ। बिहीबार सामान्य अंकले बढेको बजार शुक्रबार बिक्री चाप बढेपछि ओरालो लागेको हो। शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.५४ अंक, फ्लोट इन्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ अंकले घटेका छन्। […]

अब बैंकबाहेक अन्य योग्य कम्पनीले पनि ऋणपत्र जारी गर्न पाउने, सेबोनद्वारा नियमावलीको मस्यौदा जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारलाई विविधिकृत, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव माग गरेको छ। हाल बैंक तथा वित्तीय संस्थामा मात्र मुख्य रूपमा सीमित रहेको ऋणपत्र बजारलाई विस्तार गरी अन्य योग्य संगठित संस्थाहरूलाई समेत ऋणपत्रमार्फत दीर्घकालीन पूँजी जुटाउन […]

आईपीओ निष्कासनको तयारीमा रहेको वाटर इनर्जीले बोलायो साधारण सभा

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको वाटर इनर्जी सोलुसन लिमिटेडले भदौ २६ गते नवौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २०८२ पुस २७ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । सोही प्रक्रियालाई अघि बढाउन कम्पनीले आगामी भदौ २६ गते साधारण सभा आह्वान गरेको […]

हिमालयन बैंकको ऋणपत्रको सूचीकरण खारेज हुने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको ऋणपत्रको सूचीकरण खारेज हुने भएको छ । बैंकले १० प्रतिशत ब्याजदर रहेको ७ वर्ष अवधिको हिमालयन बैंक डिबेञ्चर, २०८३ जारी गरी दोस्रो बजारमा सूचीकृत गराएको थियो । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख ६९ हजार १०४ कित्ता ऋणपत्र भदौ ८ गते परिपक्व हुने […]

मांडू हाइड्रोपारको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा  मांडू हाइड्रोपावर १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीले बिहीबारको अन्तिम कारोबार मूल्य ८४० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७६३.६४ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको शुक्रबार सेयर कारोबार खुला हुनेछ ।

सानिमा जिआईसी इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ ।  कम्पनीको १० लाख ७५ हजार बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

७.१७ अंकले बढ्यो नेप्से,करोबार रकमपनि वृद्धि

काठमाडौं । नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको ९५ लाख ७६६ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ६२ करोड ५९ लाख रुपैयाँले बढेको हो । बुधबार कारोबार रकम ३ अर्ब ७७ करोड […]

ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल सेयर बजार लगानीकर्ता संघले बेनी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. ९३) को कारोबार रोक्काप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका मासचित रबिन कँडेलले जारी गरेको विज्ञप्तिमा करोबार रोक्काको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडद्वारा पत्र संख्या ०८३/८४, चलानी नं. २७१, मिति २०८३/०५/०३ […]

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्तक वित्तीय संस्था लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी जगदीश साहको नाममा रहेको ३ हजार ५०० कित्ता सेयर बिक्रीका लागि राखेको हो । उक्त सेयरमा हाल कायम कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ । राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक सेयर किन्ने पहिला प्राथमिकता संस्थापक […]

कामना सेवा विकास बैंकको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ । कम्पनीले यस अघि संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो । तर, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि आम सर्वसाधारणले खरिद गर्न पाउने गरि बैंकले सेयर बिक्रीमा राखेको हो । बैंकको संस्थापक समूहको ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न […]