तनहुँको दुबुङ आन्तरिक पर्यटकको रोजाइमा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक झल्कोले खिच्दै ध्यान
तनहुँ । पर्यटनको प्रचुर सम्भावना बोकेको तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुङ पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रचारप्रसार हुन थालेपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । जिल्लामा धेरै ठाउँ पर्यटन सम्भावनाले भरिएका छन् । पछिल्ला वर्षमा आन्तरिक पर्यटकको ध्यान खिच्न सफल स्थानमध्ये दुबुङ एक तीव्र गतिमा उदाउँदै गएको पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदैछ […]

